२०८३ साउन २१ गते बिहीबार

सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु

सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १४ गते बिहीबार ०४:१०

पोखरा । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । कफ्र्यू जारी रहँदा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको हो । मृतक यादव सिराहाको मिर्चैयास्थित तुलसीपुरका भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी...

पोखरा ।

सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

कफ्र्यू जारी रहँदा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।

मृतक यादव सिराहाको मिर्चैयास्थित तुलसीपुरका भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए ।

कफ्र्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दाबी गरेका छन् भने प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ ।

प्रदर्शनकारीले मृतकलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन् ।

प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा एकजना घाइते भएका छन् । अहिले त्यहाँ सेना परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति २०८३ साउन १४ गते बिहीबार ०४:१०
हजुरको प्रतिक्रिया