पोखरा ।
तिब्बततर्फबाट आएको बाढीले रसुवा–नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ ।
गोसाइकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भट्टराईका अनुसार गोसाइकुण्ड गाउँपालिका कार्यालय, प्रहरी कार्यालय, स्वास्थ्य चौकी, ५ नं वडा कार्यालय सबै बगाएको छ ।
त्यहाँको स्याफ्रुबेसीबजार पनि सबै बगाएको छ । सबै कार्यालयहरु बगाएसंगै गाउँपालिकामा कार्यरत ५ जना कर्मचारी सम्पर्कविहीन छन् ।
उनकाअनुसार कतिपय कर्मचारी माथि डाँडातिर भागेर ज्यान जोगाउन सफल भएका छन् भने बाँकीको अवस्था अज्ञात छ ।
अहिले त्यहाँ कसैसंग पनि सम्पर्क हुन नसकेका कारण थप जानकारी पाउन नसकेको उनले पब्लिक फोरके टेलिभिजनलाई जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ ।
रसुवाको गोसाइकुण्ड गाउँपालिकाका लगायतका स्थानीय तहमा ठूलो क्षति भएको छ ।
धेरै नागरिक सम्पर्कविहीन छन् भने केही उद्धारको पर्खाइमा रहेका छन् ।
प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार १२:१३