२०८३ असोज २३ गते शुक्रबार

रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा आएको भीषण बाढीले गोसाइकुण्ड गाउँपालिका कार्यालय बगायो

रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा आएको भीषण बाढीले गोसाइकुण्ड गाउँपालिका कार्यालय बगायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १० गते बुधबार १२:१३

पोखरा । तिब्बततर्फबाट आएको बाढीले रसुवा–नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । गोसाइकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भट्टराईका अनुसार गोसाइकुण्ड गाउँपालिका...

पोखरा ।

तिब्बततर्फबाट आएको बाढीले रसुवा–नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ ।

गोसाइकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भट्टराईका अनुसार गोसाइकुण्ड गाउँपालिका कार्यालय, प्रहरी कार्यालय, स्वास्थ्य चौकी, ५ नं वडा कार्यालय सबै बगाएको छ ।

त्यहाँको स्याफ्रुबेसीबजार पनि सबै बगाएको छ । सबै कार्यालयहरु बगाएसंगै गाउँपालिकामा कार्यरत ५ जना कर्मचारी सम्पर्कविहीन छन् ।

उनकाअनुसार कतिपय कर्मचारी माथि डाँडातिर भागेर ज्यान जोगाउन सफल भएका छन् भने बाँकीको अवस्था अज्ञात छ ।

अहिले त्यहाँ कसैसंग पनि सम्पर्क हुन नसकेका कारण थप जानकारी पाउन नसकेको उनले पब्लिक फोरके टेलिभिजनलाई जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकाका लगायतका स्थानीय तहमा ठूलो क्षति भएको छ ।

धेरै नागरिक सम्पर्कविहीन छन् भने केही उद्धारको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार १२:१३
हजुरको प्रतिक्रिया