२०८३ कात्तिक ११ गते मंगलबार

भारतको नयाँ दिल्लीमा हप्ताको २ दिन कर्फ्यू

भारतको नयाँ दिल्लीमा हप्ताको २ दिन कर्फ्यू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २१ गते बुधबार १०:३१

काठमाडौँ । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिबार र आइतबार कर्फ्यू लगाईएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो । शनिबार र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ...

काठमाडौँ । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिबार र आइतबार कर्फ्यू लगाईएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो ।

शनिबार र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत स्थानमा भीडभाड बढ्ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइने भएको बताइएको छ ।

यतिबेला दिल्लीमा सक्रिय संक्रमितको संख्या १५ हजार हाराहारी पुगेको छ । २९ डिसेम्बरबाट दिल्ली सरकारले रात्रिकालीन कर्फ्यू लगाएको छ ।

सरकारी कार्यालयहरू पनि अत्यावश्यक बाहेकलाई ‘वर्क फ्रम होम’ लागू गरिएको छ । निजी क्षेत्रका ५० प्रतिशतलाई कार्यालयमा र ५० प्रतिशतलाई ‘वर्क फर्म होम’को व्यवस्थाबाट सञ्चालन गर्न भनिएको छ ।

यसैबीच कोभिड सक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिएको छ ।

प्रकाशित मिति २०७८ पुस २१ गते बुधबार १०:३१
हजुरको प्रतिक्रिया