२०८३ मंसिर १२ गते शुक्रबार

फेवा किङ्स कप भलिबल: पुलिसद्वारा आर्मी पराजित

फेवा किङ्स कप भलिबल: पुलिसद्वारा आर्मी पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर १२ गते शुक्रबार ०२:३१

शुक्रबार नै भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको थियो । अब शुक्रबारको अन्तिम खेलमा आयोजक किङ्स पोखरा र गण्डकी प्रदेश बिच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो खेलमा पुलिसले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो ।

खेलमा पुलिसले पहिलो र दोस्रो सेट २५–२२, २५–२१ ले जितेपनि त्यसपछिको सेट लगातार २४–२६, २३–२४ ले गुमाएको थियो । पाचौं सेटमा पुलिसले आर्मीलाई १५–७ को सेटमा हराउँदै खेल आफ्नो पोल्टामा परेको हो ।

शुक्रबार नै भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको थियो । अब शुक्रबारको अन्तिम खेलमा आयोजक किङ्स पोखरा र गण्डकी प्रदेश बिच प्रतिस्पर्धा हुँदैछ ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

उनकाअनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

 

प्रकाशित मिति २०८३ मंसिर १२ गते शुक्रबार ०२:३१
हजुरको प्रतिक्रिया