२०८३ मंसिर १२ गते शुक्रबार

फेवा किङ्स कप भलिबल : कोशी प्रदेशको लगातार ३ हार

फेवा किङ्स कप भलिबल : कोशी प्रदेशको लगातार ३ हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर १२ गते शुक्रबार ११:४७

यसपछि शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्बल, तेस्रो खेलमा गण्डकी प्रदेश र आयोजक किङ्स पोखरा बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

पोखरा ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ मा कोशी प्रदेशले लगातार ३ खेल गुमाएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पहिलो खेलमा कोशी प्रदेश सशस्त्र पहरी बलको एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको हो ।

एपिएफले कोशीलाई २५–२२, २५–२१, २४–२६ र २५–१५ ले पराजित गरेको हो ।

यसपछि शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्बल, तेस्रो खेलमा गण्डकी प्रदेश र आयोजक किङ्स पोखरा बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

उनकाअनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रकाशित मिति २०८३ मंसिर १२ गते शुक्रबार ११:४७
हजुरको प्रतिक्रिया