२०८३ असोज २३ गते शुक्रबार

पाेखरा उवासंघ चुनावः अर्जुन पोखरेलले पनि घोषणा गरे प्यानल, कुन पदमा को ?

पाेखरा उवासंघ चुनावः अर्जुन पोखरेलले पनि घोषणा गरे प्यानल, कुन पदमा को ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ९ गते बिहीबार १२:०६

पोखरा पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले प्यानल खडा गरेका छन् । केही दिन अगाडी पत्रकार सम्मलेन गर्दै अध्यक्षमा एकल उम्मेद्वारी घोषणा गरेका पोखरेलले विहीबार प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन्...

पोखरा
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले प्यानल खडा गरेका छन् । केही दिन अगाडी पत्रकार सम्मलेन गर्दै अध्यक्षमा एकल उम्मेद्वारी घोषणा गरेका पोखरेलले विहीबार प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।
पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला छन् ।

महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज)  र कोषाध्यक्षमा हरिराज पन्त पोखरेल प्यानलबाट उम्मेद्वारी दिनेछन् । सदस्यमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोईराला र हिमनिधि लौडारी छन् ।

पोखरेल प्यानलले पत्रकार सम्मेलनमार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । सरकार र जनताविचको दूरी घटाउने पुलको रुपमा संघले काम गर्ने अध्यक्षका आकांक्षी पोखरेलले बताए ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यसअघि नै व्यवसायी पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति २०७९ भदौ ९ गते बिहीबार १२:०६
हजुरको प्रतिक्रिया