पोखरा
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले प्यानल खडा गरेका छन् । केही दिन अगाडी पत्रकार सम्मलेन गर्दै अध्यक्षमा एकल उम्मेद्वारी घोषणा गरेका पोखरेलले विहीबार प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।
पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला छन् ।
महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज) र कोषाध्यक्षमा हरिराज पन्त पोखरेल प्यानलबाट उम्मेद्वारी दिनेछन् । सदस्यमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोईराला र हिमनिधि लौडारी छन् ।
पोखरेल प्यानलले पत्रकार सम्मेलनमार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । सरकार र जनताविचको दूरी घटाउने पुलको रुपमा संघले काम गर्ने अध्यक्षका आकांक्षी पोखरेलले बताए ।
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यसअघि नै व्यवसायी पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।
प्रकाशित मिति २०७९ भदौ ९ गते बिहीबार १२:०६




