२०८३ साउन २१ गते बिहीबार

स्मृतिमा गुञ्जिएका सरोज गोपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २ गते आइतबार ११:२०

बज्रचार्यको ‘देउराली उकाली चढेर’, ‘नक्कलीलाई भगााइ लग्यो झिल्केले’, ‘दाइको घर कहाँ हो कहाँ’, ‘करोडौं मुटुहरुको ढुकढुकी’जस्ता दर्जनौं गीत चर्चित छन् । थिए ।

पोखरा
गायक तथा लोक संकलक सरोजगोपाल बज्राचार्य स्मृति साँझको तयारी पूरा भएको छ । कार्यक्रम शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा हुुनेछ ।
उनको आठौं स्मृति दिवस पारेर पोखरेली युवा सांस्कृतिक परिवारले कार्यक्रम गर्न लागेको हो ।
बज्रचार्यको ‘देउराली उकाली चढेर’, ‘नक्कलीलाई भगााइ लग्यो झिल्केले’, ‘दाइको घर कहाँ हो कहाँ’, ‘करोडौं मुटुहरुको ढुकढुकी’जस्ता दर्जनौं गीत चर्चित छन् । थिए । उनकी श्रीमति बाबा राणा पनि गायिका नै हुुन् ।
गोपालको २०७१ साउन २९ गते ६५ वर्षको उमेरमा निधन भएको थियो ।
२००९ साल मंसिर २ गते जन्मेका गोपाल बज्राचार्य भएपनि पछि उनले सरोजगोपालमात्रै नाम राखेका थिए । नगरविकास प्रशिक्षण केन्द्रमा लामो समय जागीरे जीवन बिताएका उनले ०४७ सालमा त्यहाँबाट स्वैच्छिक अवकास लिएका थिए ।
त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे । पोखराकै माछापुच्छ्रे एफएममा स्टेसन प्रमुखका रुपमा काम गरेका थिए ।
पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत हुन् । स्मृति साँझ दिउँसो साढे २ बजेबाट सुरु हुुने परिवारका अध्यक्ष मोति भुजेलले जानकारी दिए ।
कार्यक्रममा संगीतकार सुनिल थापाको संगीत संयोजनमा गायक–गायिकाहरु तारा थापा, बाबा राणा, कविता आलेमगर, रामभक्त जोजिजू, विनोद बानिया, इतु जोजिजू, विनित जोजिजू, फिरोज गोपाल बज्राचार्य लगायतको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०७९ असोज २ गते आइतबार ११:२०
हजुरको प्रतिक्रिया