आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा प्रमुख पार्टीका उम्मेदवारहरुको टुंगो लागिसकेको छ । जसमा प्रतिनिधि सभा तर्फ कास्की क्षेत्र नं १ मा एमालेबाट एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ्ग र नेपाली कांग्रेसबाट कास्कीका सभापति किशोरदत्त बराल प्रतिस्पर्धामा हुने छन् । यस्तै कास्की-१ बाट प्रदेश सभा (क) मा एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रबाट दिपक कोइराला प्रतिस्पर्धा गर्ने छन् भने प्रदेश सभा (ख) मा एमालेबाट वेदबहादुर गुरुङ्ग “श्याम” र नेपाली कांग्रेसका दिपक गुरुङ्ग माइलाको उम्मेदवारी रहेको छ ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेकी नेतृ विद्या भट्टराई र एकिकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल चुनावको प्रतिस्पर्धामा हुने छन्। यस्तै प्रदेश सभा (क) मा एमाले केन्द्रीय सदस्य भिम कार्की र माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने प्रतिस्पर्धामा छन् । यता प्रदेश सभा (ख) बाट कास्की-२ मा एमालेबाट मिना गुरुङ्ग र नेपाली कांग्रेसबाट बिन्दुकुमार थापा प्रतिस्पर्धामा छन् ।
कास्की क्षेत्र नं ३ मा प्रतिनिधि सभामा एमाले नेता दामोदर बैरागी र माओवादी केन्द्रबाट अहिलेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल प्रतिस्पर्धामा छन् । कास्की-३ प्रदेश सभा (क) का लागि एमालेका गणेशमान गुरुङ्ग र माआवादी केन्द्रका दुर्गादत्त भण्डारीको उम्मेदवारी छ । यता प्रदेश सभा (ख) मा एमालेका राजिब पहारी र नेपाली कांग्रेसका प्रकाश बराल प्रतिस्पर्धामा रहेका छन् ।
| क्षेत्र | प्रतिनिधि सभा | प्रदेश सभा (क) | प्रदेश सभा (ख) |
| कास्की-१ | मनबहादुर गुरुङ्ग (एमाले)
किशोरदत्त बराल (ने.का.) |
खगराज अधिकारी (एमाले)
दिपक कोइराला (मा. के) |
वेदबहादुर गुरुङ्ग “श्याम” (एमाले)
दिपक गुरुङ्ग (ने.का.) |
| कास्की- २ | विद्या भट्टराई (एमाले)
श्रीनाथ बराल (ए. स) |
भिम कार्की (एमाले)
विश्वप्रकाश लामिछाने (मा. के) |
मिना गुरुङ्ग (एमाले)
बिन्दुकुमार थापा (ने.का.) |
| कास्की- ३ | दामोदर बैरागी (एमाले)
रामजीप्रसाद बराल (मा. के) |
गणेशमान गुरुङ्ग (एमाले)
दुर्गादत्त भण्डारी (मा. के) |
राजिब पहारी (एमाले)
प्रकाश बराल (ने.का.) |




