२०८३ साउन २१ गते बिहीबार

कास्कीमा प्रमुख पार्टीबाट प्रतिस्पर्धी उम्मेदवारहरु को को छन् ?

कास्कीमा प्रमुख पार्टीबाट प्रतिस्पर्धी उम्मेदवारहरु को को छन् ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २३ गते आइतबार ०२:४९

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा प्रमुख पार्टीका उम्मेदवारहरुको टुंगो लागिसकेको छ । जसमा प्रतिनिधि सभा तर्फ कास्की क्षेत्र नं १ मा एमालेबाट एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ्ग र नेपाली...

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा प्रमुख पार्टीका उम्मेदवारहरुको टुंगो लागिसकेको छ । जसमा प्रतिनिधि सभा तर्फ कास्की क्षेत्र नं १ मा एमालेबाट एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ्ग र नेपाली कांग्रेसबाट कास्कीका सभापति किशोरदत्त बराल प्रतिस्पर्धामा हुने छन् । यस्तै कास्की-१ बाट प्रदेश सभा (क) मा एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रबाट दिपक कोइराला प्रतिस्पर्धा गर्ने छन् भने प्रदेश सभा (ख) मा एमालेबाट वेदबहादुर गुरुङ्ग “श्याम” र नेपाली कांग्रेसका दिपक गुरुङ्ग माइलाको उम्मेदवारी रहेको छ ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेकी नेतृ विद्या भट्टराई र एकिकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल चुनावको प्रतिस्पर्धामा हुने छन्। यस्तै प्रदेश सभा (क) मा एमाले केन्द्रीय सदस्य भिम कार्की र माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने प्रतिस्पर्धामा छन् । यता प्रदेश सभा (ख) बाट कास्की-२ मा एमालेबाट मिना गुरुङ्ग र नेपाली कांग्रेसबाट बिन्दुकुमार थापा प्रतिस्पर्धामा छन् ।

कास्की क्षेत्र नं ३ मा प्रतिनिधि सभामा एमाले नेता दामोदर बैरागी र माओवादी केन्द्रबाट अहिलेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल प्रतिस्पर्धामा छन् । कास्की-३ प्रदेश सभा (क) का लागि एमालेका गणेशमान गुरुङ्ग र माआवादी केन्द्रका दुर्गादत्त भण्डारीको उम्मेदवारी छ । यता प्रदेश सभा (ख) मा एमालेका राजिब पहारी र नेपाली कांग्रेसका प्रकाश बराल प्रतिस्पर्धामा रहेका छन् ।

 

क्षेत्र प्रतिनिधि सभा प्रदेश सभा (क) प्रदेश सभा (ख)
कास्की-१ मनबहादुर गुरुङ्ग (एमाले)

किशोरदत्त बराल (ने.का.)

खगराज अधिकारी (एमाले)

दिपक कोइराला (मा. के)

वेदबहादुर गुरुङ्ग “श्याम” (एमाले)

दिपक गुरुङ्ग (ने.का.)

कास्की- २ विद्या भट्टराई (एमाले)

श्रीनाथ बराल (ए. स)

भिम कार्की (एमाले)

विश्वप्रकाश लामिछाने (मा. के)

मिना गुरुङ्ग (एमाले)

बिन्दुकुमार थापा (ने.का.)

कास्की- ३ दामोदर बैरागी (एमाले)

रामजीप्रसाद बराल (मा. के)

गणेशमान गुरुङ्ग (एमाले)

दुर्गादत्त भण्डारी (मा. के)

राजिब पहारी (एमाले)

प्रकाश बराल (ने.का.)

प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०२:४९
हजुरको प्रतिक्रिया