गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ३८३३ पुग्यो
पोखरा । मंगलबार पोखरामा थप २६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान ११:३० बजे जारी गरेको विज्ञप्तीका अनुसार पोखरामा थप भएका १४ र दिउँसो ४ :१० बजे जारी विज्ञप्तीका अनुसार थप भएका १२ जना गरि २६ जना संक्रमित भएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमित हुनेको संख्या ३८३३ पुगेको छ |
बिहान जारी बिज्ञप्तीमा उल्लेख भएका संक्रमितहरुमा पोखरा-५ का ९ बर्षिया बालिका र १४ बर्षिय बालक समेत छन भने पोखरा- ५ कै ३६ बर्षीय १ पुरुषपनि कोरोना भाइरसबाट संक्रमित बनेका छन । यस्तै अन्य संक्रमितहरुमा पोखरा- ८ का ४९ बर्षिय १ जना पुरुष, पोखरा- १३ का २४ बर्षिय पुरुष, पोखरा -१५ का ३४ बर्षीय पुरुष तथा ३३ र ५६ बर्षिय २ महिला, पोखरा- १७ का ५५ र ५६ बर्षीय २ जना महिला तथा ३१, २४ र ६१ बर्षीय पुरुष, पोखरा- २० का ८३ बर्षिय १ पुरुष रहेका छन।
दिउँसो जारी विज्ञप्तीका अनुसार पोखरा- १, ६,१०,११,१३,१७ र २६ मा एक-एक जना, पोखरा – १७ मा ३ जना तथा पोखरा- २९ मा २ जना संक्रमित थपिएका हुन ।
मंगलबार संक्रमित सबैजना कन्ट्याक ट्रेसिङ्बाट पहिचान भएका र उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


हजुरको प्रतिक्रिया



