२०८३ कात्तिक ११ गते मंगलबार

बिहिबार पाेखरामा थप २१ जनालाई काेराेना भाइरसकाे संक्रमण पुष्टि

बिहिबार पाेखरामा थप २१ जनालाई काेराेना भाइरसकाे संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १५ गते बिहीबार ०५:२२

पोखरा । बिहिबार पोखरामा थप २१ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बिहिबार साँझ ४:४५ बजे सम्मको अपडेट अनुसार पोखरामा थप २१ जनालाइ संक्रमण पुष्टि भएकाे हाे । बिहिबार संक्रमित हुनेहरुमा...

गण्डकी प्रदेशमा ६५ जना थपिए, कुल संक्रमित संख्या ३९७५ पुग्याे

पोखरा । बिहिबार पोखरामा थप २१ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बिहिबार साँझ ४:४५ बजे सम्मको अपडेट अनुसार पोखरामा थप २१ जनालाइ संक्रमण पुष्टि भएकाे हाे ।

बिहिबार संक्रमित हुनेहरुमा पोखरा ३१ का मात्रै १० जना रहेका छन । पोखरा ३१ मा ११ र १४ बर्षीया बालिकासहित ७ जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ३० बर्षभन्दा कम उमेरका ३ जना पुरुषपनि संक्रमित बनेका छन । अन्य संक्रमितहरुमा पोखरा २९ का २० र ४२ बर्षीय २ जना पुरुष, पोखरा ३० का २२ र ४१ बर्षीय २ पुरुष तथा पोखरा ३ र १७ का क्रमस ४८ र ४५ बर्षीय पुरुष रहेको निर्देशनालयले उल्लेख गरेको छ । यस्तै पाेखरा ५, ६, ८, ११ र २२ वडाहरूमा समेत एक एक जना काेराेना संक्रमित भेटिएका छन ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत कर्मचारी थिए ।

निर्देशनालयको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९७५ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहीबार ०५:२२
हजुरको प्रतिक्रिया