२०८३ साउन २१ गते बिहीबार

पुरुष भलिबलमा एपिएफलाई स्वर्ण

पुरुष भलिबलमा एपिएफलाई स्वर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०३:४६

एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो ।

पोखरा

पुरुष भलिबलको फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपिएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–२१ ले एपिएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिष्पर्धात्मक हुँदाहुँदै एपिएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपिएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो ।

एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।

 

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०३:४६
हजुरको प्रतिक्रिया
पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

२०७९ कात्तिक ३ गते बिहीबार ०५:००
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

२०७९ कात्तिक ३ गते बिहीबार ०४:१२