पोखरा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा पुरुषतर्फ लुम्विनी प्रदेशलाई ४१–२० प्वाइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ प्वाइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।
पुरुषतर्फ पराजित लुम्विनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लबले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् । प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब यस्तै महिलातर्फ लुम्विनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक जिते ।
प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापा मगर र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी अनुजा कुलिंग राई उत्कष्ट खेलाडी घोषित भई जनही ५–५ हजार रुपैंयाँसहित मेडल र पमाणपत्र प्राप्त गरे । आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुबै समूहको स्वर्ण विजेता हो । असोज ३० गतेदेखि ुसुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र ३ विभागीय गरी १०– १० टिमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०४:१२



