२०८३ साउन २१ गते बिहीबार

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पुरुष फुटबलमा आर्मी र सशस्त्र भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०५:००

आर्मीले गण्डकी प्रदेशलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो भने शसस्त्र प्रहरीले नेपाल प्रहरीलाई पराजित गरी आर्मीसँगको भेट पक्का गरेको थियो ।

पोखरा

राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल आर्मी र सशस्त्र प्रहरी एपिएफको प्रतिष्पर्धा अहिले भइरहेको छ । निर्धारित ९० मिनेट खेलमा दुबै टोलीबाट गोल हुन सकेन ।
दुबै टोलीले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा खेलमा गोलको खडेरी परेको हो । खेल अतिरिक्त समयमा पुगेको छ ।

आर्मीले गण्डकी प्रदेशलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो भने शसस्त्र प्रहरीले नेपाल प्रहरीलाई पराजित गरी आर्मीसँगको भेट पक्का गरेको थियो ।
उद्घाटन सत्रमा दर्शकको न्युन उपस्थिति भएपनि समापन र फुटबलको फाइनलमा भने दर्शकको उपस्थिति बाक्लो छ ।

पोखरा रंगशालामा भइरहेको खेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हेरिरहेका छन् । राष्ट्रिय खेलकुदको समापन समारोहमा सहभागी हुन देउवा पोखरा आएका हुन् ।

 

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०५:००
हजुरको प्रतिक्रिया
कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

२०७९ कात्तिक ३ गते बिहीबार ०४:१२
प्रधानमन्त्री देउवा पोखरा रंगशालामा

प्रधानमन्त्री देउवा पोखरा रंगशालामा

२०७९ कात्तिक ३ गते बिहीबार ०४:०९