२०८३ साउन २१ गते बिहीबार

शुक्रबार पाेखरामा थप ७ संक्रमित थपिए

शुक्रबार पाेखरामा थप ७ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १६ गते शुक्रबार ०३:४०

पाेखरा । शुक्रबार पाेखरामा थप ७ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ का ६८ वर्षीय पुरुष तथा पोखरा ५ का २९/२९ वर्षीय १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा...

गण्डकी प्रदेशमा संक्रमित हुनेकाे संख्या ३ हजार ९ सय ८६ पुग्याे

पाेखरा । शुक्रबार पाेखरामा थप ७ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का ६८ वर्षीय पुरुष तथा पोखरा ५ का २९/२९ वर्षीय १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ६ र ७ का ५९ र ४९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा नम्बर १४ का २९ वर्षीय महिला तथा वडा नम्बर ३२ का ४७ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जानकारी दिएको छ ।

यता क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको वालिङ नगरपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको हो । नगरपालिका अन्तरगत वडा नम्बर ५ का ३० तथा वडा नम्बर १४ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही केन्द्रमा गरिएको परीक्षणका क्रममा लमजुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको सुन्दरबजार नगरपालिकाका २५ र ४९ वर्षीय पुरुष हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ९ सय ८६ पुगेको छ ।

 

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०३:४०
हजुरको प्रतिक्रिया