२०८३ असोज २३ गते शुक्रबार

तिहारका लागि साढे २४ लाख फूलमाला खपत

तिहारका लागि साढे २४ लाख फूलमाला खपत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ९ गते बुधबार ०३:२२

तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ ।

यो तिहारमा साढे २४ लाख माला खपत भएको छ ।

देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको छ । जसबाट झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन् ।

सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । देशभरका मुख्य शहरमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ ।

यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ । 

प्रकाशित मिति २०७९ कात्तिक ९ गते बुधबार ०३:२२
हजुरको प्रतिक्रिया