२०८३ साउन २१ गते बिहीबार

टी–२० विश्व कपमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हरायाे

टी–२० विश्व कपमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हरायाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ९ गते बुधबार ०३:५२

इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र माेइन अलीले नटआउट २४ रन बनाए ।

पोखरा । आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ काे खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएकाे छ । मेलबर्नमा भएकाे खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमकाे आधारमा पाँच रनले विजयी भएकाे हाे ।

आयरल्यान्डले दिएकाे एक सय ५८ रनकाे लक्ष्य पछ्याएकाे इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाउँदा वर्षाका कारण खेल राेकिएकाे थियाे । खेल फेरि सुरु हुन नसकेपछि आयरल्यान्ड डकवर्थ लुइस नियमकाे आधारमा पाँच रनले विजयी भएकाे हाे ।

इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र माेइन अलीले नटआउट २४ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुआ लिटिलले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आयरल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५७ रन बनायाे । उसका एन्ड्रियु बालबर्नीले ६२ र लाेरकन टकरले ३४ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क वुड र लायम लिभिङस्टाेनले तीन/तीन विकेट लिए ।

प्रतियाेगितामा याे आयरल्यान्डकाे पहिलाे जित हाे भने इङ्ग्ल्यान्डकाे पहिलाे हार हाे । याे जितसँगै आइरल्यान्ड दुई अङ्क जाेड्दै चाैथाे स्थानमा उक्लिएकाे छ । इङ्ग्ल्यान्ड भने तेस्राे स्थानमा झरेकाे छ । यी दुवै टाेली समूह ‘ए’ मा छन् ।

यही मैदानमा अहिले समूह ‘ए’ कै न्युजिल्यान्ड र अफगानिस्तान खेल्दै छन् । 

प्रकाशित मिति २०७९ कात्तिक ९ गते बुधबार ०३:५२
हजुरको प्रतिक्रिया