२०८३ साउन २१ गते बिहीबार

टी-२० विश्व कपमा न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द

टी-२० विश्व कपमा न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ९ गते बुधबार ०८:०२

खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् । 

 आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द भएकाे छ ।

मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाका कारण यी दुईबीचकाे खेल रद्द भएकाे हाे । खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् ।  याेसँगै समूह ‘१’ मा रहेकाे न्युजिल्यान्ड दुई खेलमा तीन अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उति नै खेल खेलेकाे अफगानिस्तान एक अङ्कसहित पुछारमा छ ।

यसअघि आजै भएकाे पहिलाे खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इङ्ग्लयान्डलाई पाँच रनले हराएकाे थियाे ।

प्रकाशित मिति २०७९ कात्तिक ९ गते बुधबार ०८:०२
हजुरको प्रतिक्रिया