पोखरा बाटुलेचौरकी लक्ष्मी गायक र उनको समूह देउसी-भैलो खेल्दै पोखराको मुख्य बजार चिप्लेढुंगामा आइपुगेको थियो । एउटा पसल अघि टक्क उभिएर लक्ष्मीले भनिन्, ‘ल हामी त आयौं है’ र स्वर तानेर गाउन थालिन्, ‘आ है भन भन साथी हो’ ।

लक्ष्मी गायक
उनको समूहका साथी भने कोही सांरगी बजाउन थाले त कोही मादल । पुराना भाकामा सांरगीसहित गाउन थालेपछि वरपर सबैले उनलाई ध्यान दिएर हेर्न थाले ।

पहिले मुख्य चाडपर्वहरुमा गन्धर्व समुदाय यसरी नै घरघरमा पुगेर गीत गाउथे । गीतको माध्यमबाट दुःख, वेदना, खुसीका कुराहरु भन्ने गर्थे ।

अहिले यसरी गीत गाउदैँ हिड्ने चलन हराइसकेको छ । गाउँमा मौलिक रुपले मनाइने देउसी-भैलो शहरमा पसेसंगै बदलिएको छ । अझ सूचना प्रविधिको विकाससंगै देउसी-भैलोको मौलिक संस्कृति विस्थापित हुन पुग्यो । शहरमा देउसी-भैलो तिहार पर्वको एक पाटो र संस्कृति जोगाउने भन्दा बढी मनोरञ्जनको एक हिस्सा मात्रै बनेको छ ।
पोखरा शहरमा देउसी-भैलोको एक झलक :




प्रकाशित मिति २०७९ कात्तिक १० गते बिहीबार ०७:५९