२०८३ असोज २३ गते शुक्रबार

नेपाली कांग्रेसले चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै

नेपाली कांग्रेसले चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १२ गते शनिबार ०७:२५

‘निरन्तरतामा नवीनता’ नाराका साथ नेपाली कांग्रेसले संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरण लगायतका विषयलाई महत्व दिएर घोषणपत्र तयार पारेको छ ।

काठमाडौं

नेपाली कांग्रेसले आगामी मंसिरमा हुने संसदीय चुनावका लागि तयार गरेको घोषणपत्र आज सार्वजनिक गर्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान १० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले बताएको छ ।

‘निरन्तरतामा नवीनता’ नाराका साथ नेपाली कांग्रेसले संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरण लगायतका विषयलाई महत्व दिएर घोषणपत्र तयार पारेको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुको उपस्थितिमा घोषणपत्र सार्वजनिक गरिने छ । अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले घोषणा तयार गरेको हो नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक १२ गते शनिबार ०७:२५
हजुरको प्रतिक्रिया