काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको उल्लेख गरेका छन् ।
छठ पर्वका अवसरमा शुभकामना दिँदै देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठपर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायूको कामनासहित शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्तल गरेका छन् ।
प्रकाशित मिति २०७९ कात्तिक १३ गते आइतबार ०७:४५