२०८३ साउन २१ गते बिहीबार

माओवादी, नेकपा एस र राप्रपाले आज घोषणपत्र सार्वजनिक गर्दै

माओवादी, नेकपा एस र राप्रपाले आज घोषणपत्र सार्वजनिक गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १४ गते सोमबार ०८:५६

एकीकृत समाजवादी र राप्रपाले आ—आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

माओवादीको प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासनमा जोड

पोखरा

संसदीय निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वचानमा राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । दल र उम्मेदवारहरु यतिबेला मत आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।

राजनीतिहरुले चुनावी अजेन्डासहित घोषणपत्र सार्वजनिक पनि गर्दैछन्। नेपाली कांग्रेसले शनिबार नै घोषणापत्र सार्वजनिक गरिसकेको छ । आज सोमबार तीन राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्दै छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेका हुन् । नेकपा एमालेले घोषणापत्र तयार भएको बताएपनि सार्वजनिक मिति तय गरेको छैन ।

नेकपा माओवादी आज ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा घोषणपत्र सार्वजनिक गर्न लागेको हो । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो ।
माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्राथमिकतामा राखेको छ ।

घोषणापत्रमा समाजवाद उन्मुख अर्थ व्यवस्थाको व्याख्या समेत गरिएको माओवादीले बताएको छ । एकीकृत समाजवादी र राप्रपाले आ—आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

 

प्रकाशित मिति २०७९ कात्तिक १४ गते सोमबार ०८:५६
हजुरको प्रतिक्रिया