२०८३ असोज २३ गते शुक्रबार

राप्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेजीको पक्षमा, (पूर्णपाठसहित)

राप्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेजीको पक्षमा, (पूर्णपाठसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १४ गते सोमबार ०१:२८

राप्रपाले २०४६ सालपछि उच्च पदमा रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिनको विषयलाई पनि घोषणापत्रमा उठाएको छ ।

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी शासकीय व्यवस्थासहितको पूर्ण समानुपातिक संसदको पक्षमा आफूलाई उभ्याएको छ ।

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा देशको अभिभावकीय भूमिकामा राजा रहनुपर्ने विषयलाई उल्लेख गरेको छ । घोषणापत्र अनुसार राप्रपा प्रदेश खारेजको पक्षमा देखिएको छ । संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने विषयलाई घोषणा पत्रमा उल्लेख गरेको हो ।

 

राप्रपाले एक व्यक्तिलाई दुई कार्यकाल भन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपाले राजनीतिक दलसम्बन्धि कानुन परिमार्जन गरेर एक व्यक्ति कुनै पनि पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै बस्न पाउने भन्ने व्यवस्था गर्ने प्रतिबद्धता घोषणा व्यक्त गरेको हो ।

 

काठमाडौंमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गरेका हुन् । राप्रपाको घोषणापत्रमा सवल र समुन्नत नेपालको दीर्घकालीन सोच लिएको छ । २०८७ सालसम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने दीर्घकालीन मार्गचित्र घोषणपत्रमा प्र्रस्तुत गरिएको छ ।

 

 

राप्रपाले २०४६ सालपछि उच्च पदमा रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिनको विषयलाई पनि घोषणापत्रमा उठाएको छ । राप्रपाले सत्ता केन्द्रित राजनीति पनि नगर्ने र आन्दोलनको नाममा नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यैं नगर्ने प्रतिबद्धता पनि गरेको छ ।

प्रकाशित मिति २०७९ कात्तिक १४ गते सोमबार ०१:२८
हजुरको प्रतिक्रिया