२०८३ असोज २३ गते शुक्रबार

युवालाई १० लाख निर्व्याजी ऋण दिने एकीकृत समाजवादीको प्रतिबद्धता (पूर्णपाठसहित)

युवालाई १० लाख निर्व्याजी ऋण दिने एकीकृत समाजवादीको प्रतिबद्धता (पूर्णपाठसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १४ गते सोमबार ०२:१४

निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने समाजवादीले उल्लेख गरेको छ । कम खर्चिलो चुनाव बनाउने प्रयास गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं

नेकपा एकीकृत समाजवादी पार्टीले युवाहरुलाई निव्र्याजी ऋण दिने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा १० लाख रुपैंयाँसम्म युवाहरुलाई बिना व्याजमा ऋण दिने उल्लेख गरिएको छ । पार्टीको बानेश्वरस्थित कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा मेगा नहन बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ । ‘पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाइने छ,’ समाजवादीको घोषणापत्रमा भनिएको छ,‘नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकास गर्न पहल गरिने छ ।’

राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर दशगजा क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।  घोषणापत्रमा देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको रेकर्ड राख्ने पनि उल्लेख गरिएको छ । निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने समाजवादीले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति २०७९ कात्तिक १४ गते सोमबार ०२:१४
हजुरको प्रतिक्रिया