पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाइ ३४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटकाे क्षतिमा २०८ रन बनायाे । २०९ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा मैदान उत्रेकाे हैदराबाद पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७४ रनमा समेटियाे ।
हैदराबादका लागि कप्तान डेभिड वार्नरले ६० रन बनाएपनि त्याे जितका लागि पर्याप्त बनेन । वार्नरले ४४ बल खेल्दै ५ चाैका र २ छक्का प्रहार गरे । यस्तै हैदराबादका अन्य ब्याट्सम्यान जाेनी ब्रिस्ट्याेले २५, मनिष पाण्डेले ३०, अब्दुल सामदले २० तथा अभिषेक शर्माले १० रन जाेडे । हैदराबादका अन्य ब्याट्सम्यानहरूले दाेहाेराे अंक जाेडन नसक्दा खेल ३४ रनले मुम्बईकाे पाेल्टामा पर्याे ।
मुम्बईका लागि ट्रेन्ट बाेल्टले शानदार बलिङ गरे । बाेल्टले ४ ओभर बलिङ गर्दै ७ काे इकाेनाेमीमा २८ रन दिएर केन विलियम्सन र जाेनी ब्रिस्ट्याेकाे महत्वपूर्ण २ विकेट हात पारे । मुम्बईका बलर हावी भएकाे खेलमा जेम्स प्याटियन्सन र जसप्रित बुमराहले समान २ विकेट लिँदा कुनाल पाण्ड्याले १ विकेट लिए । खेलकाे प्लेयर अफ द म्याच मुम्बईका बलर ट्रेन्ट बाेल्ट घाेषित भए ।
यसअघि, टस जितेर ब्याटिङ राेजेकाे मुम्बईले ओपनर राेहित शर्मालाइ सस्तैमा गुमाएपनि अर्का ओपनर क्विन्टन डिककले शानदार पारी खेले । डिककले ४ चाैका र समान ४ छक्काकाे मद्दतमा ३९ बल खेलेर ६७ रन बनाए । मुम्बईका लागि कुनाल पाण्डयाले मात्र ४ बल खेल्दै २ चाैका र २ छक्काकाे सहारामा २० रन जाेडदै नटआउट रहे । यस्तै, इसान किसनले ३१, हार्दिक पाण्ड्याले २८, सुर्यकुमार यादबले २७ तथा कायरन पाेलार्डले नटआउट २५ रन बटुले ।
हैदराबादका लागि सन्दिप शर्मा र सिद्दार्थ काैलले समान २ विकेट लिए भने रासिद खानकाे खातामा १ विकेट पर्याे ।
जितपछि मुम्बई कुल ५ खेल खेलेर ३ मा जित र २ खेलमा हारसहित अंकतालिकाकाे शिर्षस्थानमा उक्लिएकाे छ । उसलाइ पछ्याएका दिल्ली र राेयल च्यालेन्जर्स बैगलाेरले समान ४ खेल मात्र खेलेका छन ।
प्रकाशित मिति २०७७ असोज १८ गते आइतबार ०९:२५




