काठमाडौं
नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि आज घोषणापत्र सार्वजनिक गर्दै छ । एमालेले दिएको जानकारी अनुसार आज दिउँसो काठमाडौंको एक होटलमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर चुनावी घोषणापत्र तयार पारिएको एमालेका एक नेताले बताए । घोषणापत्र तयार गर्नु अघि विभिन्न माध्यमबाट सुझाव लिइएको थियो भने अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्जमा सुझाव समिति बनेको थियो ।
गत शनिबार नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो भने हिजो सोमबार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति २०७९ कात्तिक १५ गते मंगलबार १२:१०