२०८३ साउन २१ गते बिहीबार

प्रचारको फरक शैली ‘उम्मेदवासँग चिया गफ’

प्रचारको फरक शैली ‘उम्मेदवासँग चिया गफ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १६ गते बुधबार ०८:०३

चुनाव प्रचारका लागि गिरीले फरक शैली अपनाए, ‘उम्मेदवासँग चिया गफ ।’

पोखरा

चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार मतदाताको घरदैलोमा भेटिनुपर्ने बेला हो । कास्की २ (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण गिरी बुधबार चिया बनाउँदै थिए ।

हातमा चुनावी घोषणपत्र लिएर घरघरमा मतदाता रिजाउन व्यस्त हुनुपर्ने समयमा उनी सिर्जनाचोकस्थित पार्टीको निर्वाचन सम्पर्क कार्यालयमा आउनेहरुलाई आफ्नै हातले बनाएको चिया पिलाउन तल्लिन देखिन्थे ।

चुनाव प्रचारका लागि गिरीले फरक शैली अपनाए, ‘उम्मेदवासँग चिया गफ ।’

ब्यानरमा लेखिएको थियो, ‘आउनुहोस, म आफ्नै हातले चिया बनाएर हजुरहरुलाई खुवाउनेछु ।’ मतदाताको कुरा सुन्नलाई ‘चिया गफ’ शैली अपनाएको गिरीले बताए ।चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष गिरी राजिनामा दिएर राजनीतिमा होमिएका छन् । उदाहरण बन्ने पालो पोखराको उद्घोषका साथ उनी चुनावी मैदानमा उत्रिएका हुन ।

प्रकाशित मिति २०७९ कात्तिक १६ गते बुधबार ०८:०३
हजुरको प्रतिक्रिया