२०८३ साउन २१ गते बिहीबार

पर्यटन प्रवद्र्धन गर्न पोखरा लोमान्थाङ मोटर ¥याली

पर्यटन प्रवद्र्धन गर्न पोखरा लोमान्थाङ मोटर ¥याली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १७ गते बिहीबार ११:५१

‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ नाराका साथ युवा उद्यमीहरु पोखराबाट लोमान्थाङ मोटर ¥यालीमा निस्किएका छन् ।

पोखरा

कोरोनाले थलिएको पर्यटन क्षेत्र पहिलेकै अवस्थामा अझै तंग्रन सकेको छैन । थलिएको पर्यटन प्रवद्र्धनका लागि नेपाली युवा उद्यमी मञ्च पोखराले मोटर ¥याली सुरु गरेको छ । ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ नाराका साथ युवा उद्यमीहरु पोखराबाट लोमान्थाङ मोटर ¥यालीमा निस्किएका छन् ।

पोखराको लेकसाइडबाट मोटर ¥यालीमा निस्किएका यूवालाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले विधाई गरे । मोटर ¥यालीले आन्तरिक र बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सघाउने भण्डारीले बताए । ‘कोरोना कहरबाट पर्यटन क्षेत्र एकदमै प्रभावित छ । अहिले विस्तारै गतिविधि भइरहेका छन् । यस्ता गतिविधीले आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्धन गर्न सघाउछ ।’ गण्डकी प्रदेशको महत्वपूर्ण कोरोला नाकालाई प्रबद्र्धन गर्न आवश्यक रहेको उनको भनाई छ । कोरोला नाका खुल्ने र सडक सुधार गर्न सके कैलाश मानसरोवार पुग्न पोखराबाट सबैभन्दा छोटो दुरी पर्ने उनले बताए ।

नेपालभरका ६० बढी युवा उद्यमी मोटर ¥यालीमा सहभागी छन् । आइतबार उनीहरु पोखरा फर्कनेछन् । बिहीबार म्याग्दीको तातोपानी हुँदै मुुस्ताङको मार्फामा बास बस्नेछ । शुक्रबार मुक्तिान मन्दिर, कागबेनी हुँदैं लोमान्थाङ मोटर ¥याली पुग्नेछ । तेस्रो दिन शनिबार कोरोला नाका पुगेर त्यहाँ भएका अवसरबारे अध्ययन गर्ने र जोमसोम पुग्ने तालिका छ । आइतबार पोखरा आएर मोटर ¥याली समापन हुनेछ । समापनमा ¥यालीमा सहभागी नभएका युवा उद्यमीसमेत सहभागी हुनेछन् ।

युवाले विदेश नभइ स्वदेश घुम्नपर्ने नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुयश मल्ल बताउँछन् । घुम्दै अवसरहरुको खोजी गर्ने उनको भनाइ छ । ‘कोरोला नाका छिट्टै खुल्छ भने आश छ युवावर्गमा । त्यही शिलशिलामा पर्यटन प्रबद्र्धन गर्ने र यो बेल्टमा भविष्यमा व्यावसायिक अवसर कत्तिको छन् भनेर नेपालभरका उद्यमीलाई देखाउने उद्देश्य पनि हो’, उनले भने ।

मोटर ¥यालीमा २५ बढी गाडी छन् । जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडी मर्मतका लागि इञ्जिनियर र मेकानिक्सको टिम पनि छन् ।

प्रकाशित मिति २०७९ कात्तिक १७ गते बिहीबार ११:५१
हजुरको प्रतिक्रिया