२०८३ साउन २१ गते बिहीबार

आईपीएल : पन्जाबविरुद्ध चेन्नाईकाे शानदार जीत

आईपीएल : पन्जाबविरुद्ध चेन्नाईकाे शानदार जीत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १९ गते सोमबार ०७:५६

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हासिल गरेको छ । किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा विजय...

पन्जाब १० विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हासिल गरेको छ ।

किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा विजय लक्ष्य पूरा पर्यो ।

चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए । वाटसन म्यान अफ द म्याच भए ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको पाँचौं खेलमा यो दोस्रो जित हो भने पन्जाबको चौथो हार हो ।

यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । केएल राहुलले सर्वाधिक ६३ रन बनाए । मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए । यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे ।

बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए ।

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ०७:५६
हजुरको प्रतिक्रिया