पर्वत । न नयाँ चुनावी एजेण्डा, न नयाँ प्रतिस्पर्धी अनुहार । नयाँ छ त चुनावी गठबन्धन र निर्वाचनको माहोल । पर्वतको एकमात्र प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुन जोशी र नेकपा एमालेका तर्फबाट पदम गिरी फेरि एक पटक आमने सामने भएका हुन् ।
यसअघि कांग्रेसका जोशीलाई एमाले–माओवादी गठबन्धनबाट पदम गिरीले हारको स्वाद चखाउँदै संसद यात्रा तय गरेका थिए । तर, यसअघिको साहयात्री पार्टी माओवादी कांग्रेससँगको गठबन्धन गरी जोशीलाई जिताउन गिरीको विपक्षमा चुनावी अभियानमा छ ।
जोशीले गिरीसँगको यसअघिको हारको बदला लिन चाहान्छन् भने गिरीसित जीतको साख जोगाउनुपर्ने चुनौती छ । २०५६, २०६४ र २०७० मा लगातार चुनाव जितेका कांग्रेस उम्मेदवार जोशीलाई २०७४ सालको निर्वाचनमा एमालेका गिरीले माओवादीको सहकार्यमा लगभग १३ हजार मतान्तरले पराजित गरेका थिए । गिरीले ३९ हजार दुई सय ७५ मत प्राप्त गर्दा जोशीले २६ हजार आठ सय १९ मत पाएका थिए ।
पब्लिक टेलिभिजनका लागि पर्वतबाट सुमनजंग थापाको भिडियो रिपोर्ट:
प्रकाशित मिति २०७९ कात्तिक १९ गते शनिबार ०६:४८

