२०८३ साउन २१ गते बिहीबार

धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट (फोटो फिचर)

धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट (फोटो फिचर)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २० गते आइतबार ०९:२७

उक्त स्थानबाट हिमश्रृंखलासहित बागलुङ, पर्वत र म्याग्दी जिल्लाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । उक्त स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूर्वाधारका काम पनि भइरहेका छन् ।

बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर ६ मा पर्ने पञ्चकोट धार्मिक पर्यटकीय गन्तव्य बनेको छ ।

बागलुङ बजारबाट करिब ३० मिनेटको मोटर यात्रापछि पुगिने उक्त ठाउँमा आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ ।

उक्त स्थानबाट हिमश्रृंखलासहित बागलुङ, पर्वत र म्याग्दी जिल्लाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । उक्त स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूर्वाधारका काम पनि भइरहेका छन् ।

५ हजार ५ सय ५५ किलोको घण्टी राख्ने लगायतका अन्य कामलाई अगाडि बढाइएको छ । पञ्चकोटमा निर्मित धार्मिक कलाकृर्तिले धेरैको मन लोभ्याउने गरेको छ ।

पञ्चकोटमा गणेश मन्दिर, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्कसंग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिस महल, पदमार्ग लगायतका संरचना बनिसकेका छन् । करिब ३० करोड पूर्वाधार निर्माणमा लगानी भएको छ ।

विशेष गरी बिदाका दिनमा पञ्चकोटमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

तस्बिर माधव बराल/पब्लिक

प्रकाशित मिति २०७९ कात्तिक २० गते आइतबार ०९:२७
हजुरको प्रतिक्रिया