पूर्वविजेता पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा पुगेको हो । समूह विजेता र उप-विजेताको टुंगो भारतले जिम्बावेसँग खेलेपछि लाग्नेछ ।
समूह-२ मा ५ खेलबाट ६ अंक जोडेको पाकिस्तान समान अंक भएको भारतलाई नेट रनरेटमा पछाडि पारेर शीर्षस्थानमा छ। अर्को समूहबाट न्युजिल्यान्ड विजेता र इङ्गल्यान्ड उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बङ्गलादेश दुवैको सम्भावना देखिएको थियो । बङ्लादेशले दिएकाे १ सय २८ रनकाे लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे । उसका लागि माेहम्मद रिजवानले ३२ र माेहम्मद हरिसले ३१ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायाे । उसका लागि नज्मुल हुसेन सान्ताेले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । यसअघि भारत सेमिफाइनलमा पुगिसकेकाे छ ।
प्रकाशित मिति २०७९ कात्तिक २० गते आइतबार ०१:४३




