रुपन्देही
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा श्रीमान श्रीमती मृत फेला परेका छन् । प्रहरीका अनुसार ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर उनीहरुकै घरमा आज मृत भेटिएका हुन् । ढोकामा चुकुल लागेको अवस्थामा भित्र कोठामा उनीहरुको शव फेला परेको हो ।
उनीहरुका ८ वर्षीय छोरा हिजो राति आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान प्रहरीको छ । घटनाको अनुसन्धान भइरहेको छ । वैदेशीक रोजगारीमा रहेको बालेन्द्र ४ दिन अघि मात्र घर आएका थिए ।
प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार १०:१६