२०८३ साउन २१ गते बिहीबार

आईपीएल : बैंगलाेरमाथी दिल्लीकाे शानदार जीत

आईपीएल : बैंगलाेरमाथी दिल्लीकाे शानदार जीत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २० गते मंगलबार ०६:१६

पाेखरा । आईपीएलमा गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले राेयल च्यालेन्जर्स बैगलाेरलाई ५९ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे दिल्लीले पुरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा १९६ रन बनायाे । दिल्लीका...

राेयल च्यालेन्जर्स बैंगलाेर ५९ रनले पराजित

पाेखरा । आईपीएलमा गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले राेयल च्यालेन्जर्स बैगलाेरलाई ५९ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे दिल्लीले पुरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा १९६ रन बनायाे । दिल्लीका लागि ओपनर पृथ्वी शा ले ४२ र शिखर धवनले ३२ रन बनाउँदै सुन्दर शुरूवात गरे । २८ बल खेलेर ३ चाैका प्रहार गरेका धवन आउट भएपछि क्रिजमा आएका दिल्लीका कप्तान श्रेयस एैयरलाइ ब्यक्तिगत ११ रनमा माेइन अलिले देबदत्त पैडिक्कलकाे हातबाट क्याच आउट गरे । दिल्लीका लागि मार्काेस स्टाेइनिसले शानदार पारी खेले । उनले मात्र २६ बल खेलेर ६ चाैका र २ छक्काकाे मद्दतमा ५३ रनकाे नटआउट पारी खेल्दै दिल्लीकाे स्काेरबाेर्ड उकासे । मार्काेसलाइ  ३ चाैका र २ छक्कासहित २५ बल खेलेर ३७ रन बनाएका ऋषभ पन्तले राम्राे साथ दिए । दिल्लीका लागि सिम्रन हेटमायरले ११ रन जाेडे भने १० रन दिल्लीले अतिरिक्त पायाे ।

बैगलाेरका लागि माेहम्मद सिराजले २ तथा माेइन अलि र इसुरू उडानाले समान एक एक विकेट लिए ।

१९७ रनकाे लक्ष्यसहित मैदान उत्रेकाे बैगलाेरकाे शुरूवाती साझेदारी राम्राे हुन सकेन । दिल्लीका स्पिनर हावी भएकाे खेलमा देवदत्त पैडिक्कललाइ रविचन्द्र अश्विनले मात्र ४ रन जाेडेकाे अवस्थामा स्टाेइनिसकाे हातबाट क्याच आउट गरे । यस्तै, एराेन फिन्चलाइ अक्षर पटेलले विकेट किपरकाे हातबाट पवेलियनकाे बाटाे देखाए । फिन्च मात्र १३ रन बनाएर बाहिरिए । बैगलाेरकाे पारी सम्हाल्ने प्रयास गरेका कप्तान बिराट काेहलीले ३९ बलमा ४३ रन बनाए । २ चाैका र १ छक्का प्रहार गरेका काेहलीलाइ कागिसाे रबाडाले विकेटकिपर ऋषभ पन्तकाे हातबाट क्याच गराएपछि बैगलाेरकाे पारी धर्मरायाे । उसका लागि वासिङटन सुन्दरले १७, नवदिप सैनीले १२, माेइन अली र सिभम दुवेले समान ११ रन जाेडे ।

दिल्लीका सवै बलरले उत्कृष्ट प्रदर्शन गरेकाे खेलमा बैगलाेरलाइ सम्हालिन गार्हाे पर्याे । दिल्लीका लागि कागिसाे रबाडाले ४ विकेट लिए भने एनरिक नाेर्जे र अक्षर पटेलले समान २ विकेट लिए । अनुभवी रविचन्द्र अश्विनकाे हातमा बैगलाेरकाे १ विकेट पर्याे ।

जितसंगै दिल्ली अंकतालिकाकाे शिर्षस्थानमा उक्लिएकाे छ । उसले ५ खेल खेलेर ४ जित र १ हारसहित कुल ८ अंक जाेडेकाे छ । समान खेल खेलेर ३ जित निकालेकाे मुम्बइ ६ अंकसहित अंकतालिकाकाे दाेस्राे स्थानमा छ ।

प्रकाशित मिति २०७७ असोज २० गते मंगलबार ०६:१६
हजुरको प्रतिक्रिया