२०८३ साउन २१ गते बिहीबार

जसपाका नेता मोहम्मद इस्तियाक राईलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोध्यो

जसपाका नेता मोहम्मद इस्तियाक राईलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोध्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २२ गते मंगलबार ०८:२७

चुनावको प्रचारप्रसारका क्रममा उम्मेदवार एवम् पूर्व मन्त्री राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी पप्पुविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

काठमाण्डाै – जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नम्बर– २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

चुनावको प्रचारप्रसारका क्रममा उम्मेदवार एवम् पूर्व मन्त्री राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी पप्पुविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहितामा व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था छ ।

प्रकाशित मिति २०७९ कात्तिक २२ गते मंगलबार ०८:२७
हजुरको प्रतिक्रिया