२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा महिला उम्मेदवार जम्मा १२ प्रतिशत मात्रै, उम्मेदवार भन्छन् : ‘महिलालाई नेतृत्वमा ल्याउन सहयोग गरौं’

गण्डकीमा महिला उम्मेदवार जम्मा १२ प्रतिशत मात्रै, उम्मेदवार भन्छन् : ‘महिलालाई नेतृत्वमा ल्याउन सहयोग गरौं’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २३ गते बुधबार ०६:३०

गण्डकी प्रदेशका कुल १ सय ९५ पुरुष मध्ये जम्मा २३ जना महिलाको मात्र प्रतिनिध सभामा उम्मेदवारी छ । यस्तै प्रदेश सभाका लागि कुल २ सय ३४ उम्मेदवारी मा २९ मात्र महिला रहेका छन् ।

पोखरा । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य गरेको छ तर मसिंर ४ गते चुनावमा जम्मा ९.३२ प्रतिशत मात्र महिला प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेवार रहेका छन् ।
प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४ सय १२ जनाको उम्मेदवारी मध्य जम्मा २ सय २५ जना महिला छन् भने पुरुष उम्मेदवारको सङ्ख्या २ हजार १ सय ८७ पुरुष छन् । गण्डकी प्रदेशका कुल १ सय ९५ पुरुष मध्ये जम्मा २३ जना महिलाको मात्र प्रतिनिध सभामा उम्मेदवारी छ । यस्तै प्रदेश सभाका लागि कुल २ सय ३४ उम्मेदवारी मा २९ मात्र महिला रहेका छन् ।

ससंदमा महिलाको हिस्सा एक तिहाइ पु¥याउन दलहरुले फेरि पनि समानुपातिक उम्मेदवारबाटै बढी प्रतिनिधित्व गराउनुपर्ने भएको छ । हाल घरदैलोमा व्यस्त कास्कीका महिला उम्मेदवारसंग सञ्चारीका समूह गण्डकीले मंगलबार अन्तरक्रिया ग¥यो । महिला उम्मेदवारको संयुक्त आवाज थियो, ‘महिलालाई नेतृत्वमा ल्याउन सहयोग गरौं’।’

कार्यक्रममा बोल्दै नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले समाजका हरेक असमानताको अन्त्य गरि सुदृढ र समुन्नत समाज निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।
नेकपा एमालेतर्पmबाट क्षेत्र नं. २ (ख) का प्रत्यक्षका  उम्मेदवार मिना गुरुङले राजनैतिक दलले ३३ प्रतिशत महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउनका लागि महिलाहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिईन् ।

नेपाली कांग्रेसबाट समानुपातिकाका उम्मेदवार सरस्वती गुरुङले महिलाको हक अधिकार स्थापित गर्न संगठित भएर लाग्नुको विकल्प नभएको उल्लेख गर्दै गठवन्धनको कारण प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्यामा कमि भएको विचार व्यक्त गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार शिरीष गुरुङले पोखराको पर्यटन विकासमा आवश्यक निती निर्माणसंगै पर्यटन र कृषिमा जोड् दिंदंै राजगारी सिर्जना गर्नेका लागि आप्mनो उम्मेदवारी भएको धारणा राखिन् ।

नेकपा एमालेको तर्फवाट प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार तथा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. छममाया पुनले स्वास्थ्य क्षेत्रको सुधारका साथै महिला स्वास्थ्यमा ध्यानमा बिशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरिन् ।

समुहकी प्रदेश अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेशका समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डे, समानुपातिक उम्मेदवार जैनव खातुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण गुरुङ, राममाया बस्ताकोटि लगायतका महिला उम्मेदवारहरुले महिला नेतृत्व निर्माणसंगै पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले अवधारणा पत्र प्रस्तुत गरेको कार्यक्रममा कोपिला नेपालीकी विना सिलवाल, सञ्चारिका समुहकी पूर्व अध्यक्ष निर्मला शर्मा लगायतले महिला केन्द्रित निर्वाचनमा जोड दिएका थिए ।

 

प्रकाशित मिति २०७९ कात्तिक २३ गते बुधबार ०६:३०
हजुरको प्रतिक्रिया