२०८३ साउन २१ गते बिहीबार

सत्ता र सत्य सार्वजनिक

सत्ता र सत्य सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २० गते मंगलबार १२:४९

पोखरा । विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेको विश्वप्रसिद्ध आठजना चिन्तकका निबन्धहरूको संकलन ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ। पुस्तकमा विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम...

विश्वप्रसिद्ध आठ चिन्तक एउटै पुष्तकमा

पोखरा । विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेको विश्वप्रसिद्ध आठजना चिन्तकका निबन्धहरूको संकलन ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ।

पुस्तकमा विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइद गरि आठ जना चिन्तकका प्रसिद्ध विचारप्रधान निबन्ध रहेको पुस्तक प्रकाशक बुक हिल पब्लिकेशनले जनाएको छ। यी निबन्ध अमेरिकी लेखकमेरी डेसनले छनोट गरेको पनि प्रकाशनले जनाएको छ।

 

अनुवादक संग्रौलाले पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गरेको बताएका छन्। सबै विद्वानहरूले समाजवादको मुखररूपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा नै हो। र, त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद रहेको संग्रौलाको भनाइ छ।

 

पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको पनि प्रकाशन बुक हिल पब्लिकेशनले जनाएको छ ।

प्रकाशित मिति २०७७ असोज २० गते मंगलबार १२:४९
हजुरको प्रतिक्रिया