२०८३ साउन २१ गते बिहीबार

आयोगको निर्देशन अवज्ञा गरे सह्य नहुने प्रमुख निर्वाचन आयुक्तको चेतावानी

आयोगको निर्देशन अवज्ञा गरे सह्य नहुने प्रमुख निर्वाचन आयुक्तको चेतावानी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २३ गते बुधबार ०३:२५

उनले केही पालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने पनि बताए ।

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका सङ्घ–संस्था र युवा प्रतिनिधिसँग आज बुधवार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो चेतावनी दिएका हुन् । राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्नसक्ने उनको चेतावनी छ । उनले केही पालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने पनि बताए ।

युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी चुनावको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लघङ्न पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए । उनले चुनावमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको सङ्ख्या धेरै हुने भएकाले चुनावपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गरे ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्र सकेसम्म अपाङ्गतामैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट पारे ।

प्रकाशित मिति २०७९ कात्तिक २३ गते बुधबार ०३:२५
हजुरको प्रतिक्रिया