२०८३ साउन २१ गते बिहीबार

टी–२० विश्व कप : फाइनलमा पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

टी–२० विश्व कप : फाइनलमा पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २४ गते बिहीबार ०८:२५

आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।

आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो ।

आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

प्रकाशित मिति २०७९ कात्तिक २४ गते बिहीबार ०८:२५

हजुरको प्रतिक्रिया