लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित
पोखरा । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम पनि लुम्बिनी रहने गरि टुङ्गिएको छ । प्रदेशको नाममा विवाद नरहेपनि राजधानीको टुङ्गो लगाउन प्रदेश ५ ले मतदान प्रकृयामा जानुपरेको हाे ।
प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।
सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।
यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाइले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ । पक्षमा खसेको मत दुई तिहाइ भन्दा बढी भएपनि सभामुखले प्रदेशको नाम लुम्बिनी कायम भएको घोषणा गरे ।
प्रकाशित मिति २०७७ असोज २० गते मंगलबार ०४:०१




