२०८३ साउन २१ गते बिहीबार

मनिषा कोइराला भन्छिन्ः नेतालाई चोर भनेको असाध्यै मन प¥यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०३:२७

उनले राप्रपालाई जिताएर राजसंस्था फकाउर्नुपर्ने आशय व्यक्त गरिन् ।

पोखरा

अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको पोखरामा भएको चुनावीसभालाई सम्बोधन गरेकी छन् । पृथ्वीचोकमा सभामा कोइरालाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गाउँमा नेता आउदा चोर भन्छन् भनेर गरेको भाषण असाध्यै मन परेको सुनाइन् । ‘चोर भनेको कस्तो त ? हाम्लाई वचन दिने, आशा दिने, सपना देखाउने अनी त्यसैको चोरी गर्ने । होइन त ?’, उनले भनिन् ।

भ्रष्टचार गर्नु आमाको रगत खाए सरह हुन्छ भन्ने लिङदेनको अभिव्यक्तिले प्रवाभित भएर साथमा उभिएको उनको भनाइ छ । लिङदेनले विपि कोइरालाले देखाएको राष्ट्रिय मेलमिलापको नीतिलाई नबिर्सिएको सुनाइन् । ‘जुन राजसंस्था, बहुदलिय प्रजातान्त्रिक व्यवस्थाले नै हाम्रो देशलाई सुदृढ गर्छ भनेर बाटो देखाउनु भाकोथ्यो । त्यो साँच्चै उहाँ (लिङदेन) ले उठाउनुभाको छ । म त्यस कारणले उहाँसँग उभिएको छु’, अभिनेत्री कोइरालाले भनिन् । राप्रपाको चुनावी घोषणपत्रका सबै बुँदा मन परेको उनले बताईन् ।

उनले राप्रपालाई जिताएर राजसंस्था फकाउर्नुपर्ने आशय व्यक्त गरिन् । विपी कोईराला र राजा महेन्द्रबीच आदर भाव हुदाहुदै पनि सहकार्य गर्न नपाउदा मुलुकले अवसर गुमाएको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले हाम्रो ढोकामा त्यो मौका आएको छ । यो मौकालाई हामीले व्यर्थ हुन दिनु हुदैन् ।’ मनिषाले राप्रपाको चुनावीसभालाई मात्र तीन मिनेट सम्बोधन गरिन् । नेपाली कांग्रेसका संस्थापक विपि कोइरालाकी नातिनी अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट माग्दै हिँडेपछि यतिबेला उनि चर्चा छन् ।

सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायांकन लगत्तै मनिषा काठमाडौं उत्रिएकी हुन् । सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी मनिषाले एक समय बलिउडमा राज गरेकी थिइन् ।

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०३:२७
हजुरको प्रतिक्रिया