२०८३ साउन २१ गते बिहीबार

लिङ्देनको आरोपः ठूला दलकै कारण वैदेशिक हस्तक्षेप बढ्यो !

लिङ्देनको आरोपः ठूला दलकै कारण वैदेशिक हस्तक्षेप बढ्यो !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०४:४४

हाकाहाकी कम्फर्टेबल सरकार बनाउँछु भनेर हिँडिराख्दा नेपाली जनता मौन बसिरहेको उनको जिकिर छ । नेपालमा प्रधानमन्त्री, मन्त्री को बन्ने, कुन दलले आगामी निर्वाचन जित्ने विदेशीको चासो र योजनाको विषय बनेको उनले बताए ।

पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरु कम्पर्टेबल सरकार बनाउन लागि परेको बताए । पोखरामा शुक्रबार भएको चुनावी सभामा लिङ्देनले ठूला भनिएका दलका कारण देशमा वैदेशिक हस्तक्षेप बढेको आरोप लगाए ।

‘सबैतर्फबाट देश ओरालो लागेको अवस्थामा वैदेशिक हस्तक्षेप पनि त्यही ढंगले बढेर गएको छ,’ नेता लिङ्देनले भने, ‘नेपालको ठूलो राजनीतिक पार्टीहरु भन्ने देश चलाउँछु सरकार बनाउँछु भन्नेहरु नेपाली जनताको लागि सरकार बनाउने होइन छिमेकीका लागि सहज सरकार बनाउँछु भनेर हिँडिराख्याछन् ।’

हाकाहाकी कम्फर्टेबल सरकार बनाउँछु भनेर हिँडिराख्दा नेपाली जनता मौन बसिरहेको उनको जिकिर छ । नेपालमा प्रधानमन्त्री, मन्त्री को बन्ने, कुन दलले आगामी निर्वाचन जित्ने विदेशीको चासो र योजनाको विषय बनेको उनले बताए ।

‘जस्ले प्रजातन्त्र ल्याए भन्छ । लोकतन्त्र, गणतन्त्र ल्याए भन्छ ती पार्टीहरु विदेशीको साथ र समर्र्थन भएन भने आशिर्वाद नपाए नेपालमा मन्त्री, प्रधानमन्त्री बन्न सकिँदैन ठान्छ’, उनले भने, ‘भएपनि टिक्न सकिँदैन भनेर विदेशीको आशिर्वाद अनिवार्य ठानेर नेपाली जनताको आशिर्वाद लिनुअगाडि विदेशीको आशिर्वाद लिन्छन् ।’

देशको भविष्य कता गइरहेको प्रष्ट भइरहेको नेता लिङ्देनले बताए । राप्रपाले देशलाई सबैभन्दा माथि राख्ने उनको भनाइ छ । ‘सबैभन्दा माथि देश छ । देशभन्दा माथि केही छैन,’ उनको जिकिर छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचन देशको भविष्य बनाउने चुनाव भएको लिङ्देन बताउँछन् । हरेक मतदाताले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।तीन दशकसम्म देशको नेतृत्व लिएको दलहरुले देशको अर्थतन्त्र कमजोर बनाएको लिङ्देनको आरोप छ । उनले भने, ‘नेपाली जनताको स्वभिमान झुकाउने काम गरे । राष्ट्रियतालाई कमजोर पारे ।’

हाम्रै जीवनकालमा देश बनाउने उद्घोषसहित राप्रपा अगाडि बढेको सुनाउँदै उनले अगाडि थपे, ‘अब त्यसबाट जोगाएर देशलाई अगाडि लानका लागि र हाम्रै जीवनकालमा यो देशलाई बनाउने र एउटा बनेको देश हेरेर मर्ने सपना पूरा गर्नका लागि तपाईंहरुको बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी नयाँ संकल्प, नयाँ अठोटका साथ आएको छ ।’

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०४:४४
हजुरको प्रतिक्रिया