२०८३ साउन २१ गते बिहीबार

गण्डकीका पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरिने

गण्डकीका पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०५:३५

गत असोज २८ गतेबाट कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश प्रदेशस्तरमा प्रथम हुन सफल भएको थियो ।

पोखरा  । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का पदक विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीले नगद सहित सम्मान गर्ने भएको छ ।

प्रदेश खेलकुद परिषदको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक बारे जानकारी दिंदै परिषदका सदस्य सचिव घनश्याम पौडेलले  मंसिरको तेश्रो साता भित्रै खेलाडीहरुलाई नगद सहित सम्मान गरिने बताए । खेलाडी संगै खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत सम्मान गरिने उनले बताए ।

गण्डकी प्रदेशका तर्फबाट पदक बिजेता खेलाडीहरुलाई सम्मान गर्न परिषदले कार्यविधि समेत तयार गरिसकेको जानकारी गराउँदै पौडेलले सम्मान कार्यक्रमको व्यवस्थापन गर्न कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यिय समिति गठन गरिएको बताए ।

कार्यकारी समितिको बैठकले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै यसका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल संघहरु, जिल्ला खेलकुदहरु तथा सम्पूर्ण गण्डकी प्रदेश खेलप्रमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

गत असोज २८ गतेबाट कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश प्रदेशस्तरमा प्रथम हुन सफल भएको थियो भने विभागिय टिम पछि समग्रमा चौथो स्थान हासिल गरेको थियो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ कास्यपदक प्राप्त गरेको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०५:३५
हजुरको प्रतिक्रिया