२०८३ साउन २१ गते बिहीबार

द्वन्द्वपीडितका समस्या गठबन्धन सरकारले समाधान गर्छः नारायणकाजी श्रेष्ठ

द्वन्द्वपीडितका समस्या गठबन्धन सरकारले समाधान गर्छः नारायणकाजी श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार १०:४०

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले द्वन्द्वपीडितका समस्या गठबन्धनकै सरकारले समाधान गर्ने दाबी गरेका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय...

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले द्वन्द्वपीडितका समस्या गठबन्धनकै सरकारले समाधान गर्ने दाबी गरेका छन् ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय मेलमिलाप, शान्ति र न्यायको काम यो गठबन्धनले काम गर्न आवश्यक रहेको बताए । ‘द्वन्द्वपीडितलाई उनीहरूको पीडित हुनुपर्दाको कारण, समाजमा सम्मानका निम्ति स्थापित गर्दिने, उहाँहरुलाई क्षतिपूर्ति दिने, कुनै मुद्दा भए कारबाहीको प्रक्रियामा लैजाने र राष्ट्रिय मेलमिलाप, शान्ति र न्यायको काम यो गठबन्धनले गर्नुपर्ने छ,’ श्रेष्ठले भने ।

जनताका आधारभूत समस्या समाधान पनि गठबन्धनको प्राथमिकता भएको उनले सुनाए । श्रेष्ठले आगामी ४ मंसिरको चुनाव पार्टी नभई प्रवृत्तिबीचको प्रतिस्पर्धा भएको बताए ।

यो लोकतन्त्र र संविधानको रक्षाका लागि ऐतिहासिक योगदान दिने अवस्थाको निर्वाचन भएको उनको भनाइ छ । ‘लोकतन्त्रमा पार्टीबीच प्रतिस्पर्धा हुन्छ । अहिलेको निर्वाचन पार्टीबीच प्रतिस्पर्धाको निर्वाचनमात्रै होइन । दुई प्रवृत्ति, दुई मोर्चाबीचको प्रतिस्पर्धाको, संघर्षको निर्वाचन हो,’ श्रेष्ठले भने । उनले गठबन्धनले सहज बहुमत प्राप्त गर्ने दाबी गरे ।

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार १०:४०
हजुरको प्रतिक्रिया