२०८३ असोज २३ गते शुक्रबार

जनता मतमार्फत एमालेसँग बदला लिन चाहन्छन्ः नैनसिंह महर

जनता मतमार्फत एमालेसँग बदला लिन चाहन्छन्ः नैनसिंह महर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार ११:००

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनता गठबन्धनलाई भोट हाल्न आतुर रहेको दाबी गरेका छन् । पोखरामा शनिबार आयोजित पत्रकार भेटघाटमा उनले गठबन्धनलाई जिताउन जनता आतुर रहेको बताए । ‘भन्नेले गठबन्धन प्रतिष्ठाका...

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनता गठबन्धनलाई भोट हाल्न आतुर रहेको दाबी गरेका छन् ।

पोखरामा शनिबार आयोजित पत्रकार भेटघाटमा उनले गठबन्धनलाई जिताउन जनता आतुर रहेको बताए । ‘भन्नेले गठबन्धन प्रतिष्ठाका लािग भन्छन् । जनता गठबन्धनलाई भोट हाल्न आतुर छन् । एमालेले जनतालाई पारेको बिचल्लीको बदला लिन जनता तयार छन्,’ उनले भने ।

संविधान फेरि नखल्बलियोस् भनेर गठबन्धनमा सहभागी सबै दल एकढिक्का हुनुपर्ने उनको भनाइ थियो । ‘हामी सबै जोडिएका छौँ । कांग्रेसको हारमा माओवादीको पनि हार छ । माओवादीको हारमा नेकपा एसको पनि हार छ । नेकपा एसको हारमा जनमोर्चाको पनि हार छ । जनमोर्चाको जितमा कांग्रेसको पनि जित छ,’ उनले थपे, ‘जित र हार हाम्रो संयुक्त अवधारणा बनेकाले चिन्तित भएर लाग्न आवश्यक छ ।’

गठबन्धन कम्तीमा पाँच वर्ष सरकार चलाउन आवश्यक रहेको नेता महरले बताए ।

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार ११:००
हजुरको प्रतिक्रिया