२०८३ साउन २१ गते बिहीबार

प्रदेश सांसद उम्मेदवार मीना भन्छिन्ः विदेशमा काम होइन, बजार खोज्छौं

प्रदेश सांसद उम्मेदवार मीना भन्छिन्ः विदेशमा काम होइन, बजार खोज्छौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार ०५:३८

पोखरा कास्की २ (२) मा एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् । शुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग कुरा गर्दै उनले अब बन्ने एमाले नेतृत्वको सरकारले देशमा उत्पादनका सम्भावना...

पोखरा
कास्की २ (२) मा एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् । शुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग कुरा गर्दै उनले अब बन्ने एमाले नेतृत्वको सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् ।

‘सधैं अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ,’ उम्मेदवार गुरुङले भनिन्, ‘के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’

अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गरिन् । महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना कामयावी भएको उनको भनाइ छ । उनले एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र रहेकोसमेत जिकिर गरिन् ।

कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिएको जनाइन् । ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम ग¥यौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो,’ उनले भनिन् ।

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार ०५:३८
हजुरको प्रतिक्रिया