२०८३ साउन २१ गते बिहीबार

आईपीएल : काेलकता नाइट राइडर्स १० रनले विजयी, चेन्नाइकाे चाैथाे हार

आईपीएल : काेलकता नाइट राइडर्स १० रनले विजयी, चेन्नाइकाे चाैथाे हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २२ गते बिहीबार ०६:२७

पाेखरा । आईपीएल क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा काेलकता नाइट राइडर्सले चन्नाइ सुपरकिंग्सलाइ १० रनले पराजित गरेकाे छ । काेलकताले जारी आईपीएलमा तेस्राे जित हात पार्दा चेन्नाइले चाैथाे हार व्यहाेरेकाे हाे । काेलकताले टस जितेर...

पाेखरा । आईपीएल क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा काेलकता नाइट राइडर्सले चन्नाइ सुपरकिंग्सलाइ १० रनले पराजित गरेकाे छ । काेलकताले जारी आईपीएलमा तेस्राे जित हात पार्दा चेन्नाइले चाैथाे हार व्यहाेरेकाे हाे ।

काेलकताले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा  १६७ रन बनायाे । काेलकताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रन जाेडे । काेलकताकाे पारीलाइ एकतर्फबाट सम्हालीरहेका त्रिपाठीले ८ चाैका र ३ छक्का प्रहार गरे । यस्तै, प्याट कमिन्स र सुनिल नारिनेले समान १७/ १७ रन जाेडे भने दिनेश कार्तिक र शुभमन गिलले क्रमस  १२ र ११ रन जाेडे ।

बलिङतर्फ चेन्नाइका डिजे ब्राभाेले ३ तथा करन शर्मा, साम करन र सार्दुल ठाकुरले समान २/ २ विकेट हात पारे ।

१६८ रनकाे जवाफी ब्याटिङमा मैदान उत्रेकाे चेन्नाइ ५ विकेटकाे क्षतिमा १५७ रनमा समेटियाे । ओपनर सेन वाटसनले ५१ रन तथा फाप डु प्लेसिसले १७ रन जाेडेर राम्राे शुरूवात दिलाएपनि चेन्नाइले मध्यक्रममा रन बटुल्न नसक्दा १० रनकाे हार व्यहाेर्न बाध्य भयाे । उसका लागि अम्बाती रायडुले ३० तथा रविन्द्र जडेजाले २१ रन जाेडे ।

केकेआरका लागि सिभम माभी,बरूण चक्रबर्ती, कमलेस नगरकाेटी, सुनिल नारिने र आन्द्रे रसेलले समान १/ १ विकेट हात पारे ।

खेलमा काेलकता नाइट राइडर्सका राहुल त्रिपाठी प्लेयर अफ द म्याच घाेषित भए ।

प्रकाशित मिति २०७७ असोज २२ गते बिहीबार ०६:२७

हजुरको प्रतिक्रिया