२०८३ साउन २१ गते बिहीबार

आयोगले चुनावको तयारीबारे कूटनीतिक नियोगलाई जानकारी गरायाे

आयोगले चुनावको तयारीबारे कूटनीतिक नियोगलाई जानकारी गरायाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २८ गते सोमबार ०३:२०

आयोगका उपसचिव कमल भट्टराईले चुनावका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, चुनाव अनुगमन गर्ने संस्था तथा पर्यवेक्षकहरुको बारेमा विस्तृत जानकारी गराएका थिए ।

काठमाण्डौ – निर्वाचन आयोगले आउँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावबारे नेपालमा रहेका कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।

आयोगले सोमबार नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई चुनावबारे जानकारी गराएको हो । आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएका हुन् । उनले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताए ।

आयोगका उपसचिव कमल भट्टराईले चुनावका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, चुनाव अनुगमन गर्ने संस्था तथा पर्यवेक्षकहरुको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले चुनावमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको जानकारी दिए ।

भट्टराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई चुनाव अनुगमनको अधिकार प्रदान गरिएको र चुनावमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताए।

प्रकाशित मिति २०७९ कात्तिक २८ गते सोमबार ०३:२०
हजुरको प्रतिक्रिया